aaraxyaकोशीटप्पु (सुनसरी) /जंगली हात्तीको आतंकका कारण पर्यटकिय क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयमा प्रवेश निषेध गरीएको छ । आहाराको खोजीमा जंगली हात्तीहरु आरक्ष क्षेत्रमा प्रवेश निषेध गरीएको हो । आरक्ष क्षेत्रमा बनभोज खान तथा म्युजिक वजाउँन समेत बन्देज गरीएको आरक्षले जनाएको छ । आन्तरीक तथा वाहिय पर्यटकहरु आरक्ष भित्र पस्दा मानविय क्षती हुन नदिन आरक्षले पर्यटकलाई रोक लगाएको हो । पद प्रर्दशक गाईड लिएर जाने जो कोहिलाई प्रवेश खुल्ला गरे पनि अन्य गाईड विनाको पर्यटकलाई प्रवेशमा रोक लगाईएको आरक्षका वार्डेन श्यामकुमार शाहले वताए ।

उनले भने अहिले हात्तीहरु आहाराको खोजीमा अन्न भण्डार तथा वाली भएको क्षेत्रमा आउँने मौषम भएको कारण कोशी टप्पुमा केहि समयको लागी पर्यटक निषेध गरीएको वार्डेन शाहको भनाई छ । आन्तरीक पर्यटकहरुमा अनुशासन नहुदा हात्तीको आक्रमण हुन सक्ने सम्भावना भएको कारण आरक्षमा रोक लगाउँनु परेको उनको भनाई थियो । विदेशीहरु केहि हद सम्म अनुशासित हुन्छन र उनीहरुलाई गाईड पनि लिएर जान्छन त्यस्ता पर्यटकहरुलाई हामीले वन्देज गरेका छैनौ वार्डेन शाहले भने । आरक्ष क्षेत्रमा केहि वर्ष अगाडी सम्म वनभोज तथा होहल्ला हुने गरेको भन्दै वनभोज समेत सधैको लागी बन्देज गरीने उनको भनाई थियो ।

विभिन्न म्युजिक तथा होहल्लाको कारण चराचुरुङ्गीहरुलाई समेत समस्यामा पर्ने गर्दा आरक्ष क्षेत्रमा बनभोज गराउँन नदिने उनको भनाई थियो । तर सर्वसाधरणहरुले भने चरा हेर्ने मौषममा आरक्ष घुम्न नपाएको गुनासो गरेका छन । साथीभाई सहित टप्पु घुम्न पुगेका इटहरी आशिष विश्वकर्माले आरक्ष घुम्न नपाएको गुनासो गरे । उनले भने पर्यटन प्रवद्र्धनका लागी आन्तरीक पर्यटकहरुलाई पनि घुम्ने ब्यवस्था मिलाउँनु पर्ने उनको भनाई थियो । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षण लालचुच्चे ठेउवा, गाजले सुनचरी, कटुसटाउके मुरलीचरा, स्वर्गचरी, जुरे कोइली, बीउ कुह्यो, सुन्तले चाँचर लगायतका चराको संख्या उल्लेख्य छ– वरपरका मधुवन, प्रकाशपुरसम्म आउँने गर्छन । १७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कोशीटप्पु आरक्षणलाई हिउँदयाममा साइबेरियासम्मका घुमन्ते चराहरूले मौसमी वासस्थल बनाउँछन्। चरा अध्ययनका लागि हरेक वर्ष सरदर २०० विदेशी पर्यटक आउने यो आरक्षणमा ४८५ प्रजातिका चरा पाइने विज्ञहरू बताउँछन्। अहिले चरा हेर्ने आउँनेहरुको संख्या बढे पनि गाईड नभएकाहरु प्रवेश गर्ने पाएका छैनन् ।

यता आरक्षले विश्वमा दुर्लभ मानिएको र नेपाल एकमात्र स्थान कोशी टप्पु बन्तु आरक्षमा पाईने बबुलिस बबुलिस जातको अर्ना चितवन सार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । २०३२ सालमा पहिलो पटक अर्ना गणना गर्न आएका अर्ना विज्ञ डा.जोल हेनन सहितको टोलीले अर्ना सार्न मिल्ने भनेका थिए । त्यही अनुरुप पहिलो चरणमा १५ वटा पोथी र ५ वटा भाले गरी २० वटा अर्ना स्थान्तरण गर्ने लागीएको वार्डेन शाहले वताएका छन । विश्वमा दुर्लभ मानिने जंगली भैंसी अर्नाको संख्या कोशी टप्पु बन्यजन्तु आरक्षमा पछिल्लो पटक बृद्धि भएर तीन सय २७ पुगेको छ । २०३२ सालमा पहिलो पटक गणना हुदा कोशी टप्पुमा ६३ वटा अर्ना गणना भएको थियो ।