sandes पाँचथर/  फिदिम नगरपालिकाले बार्षिक रुपमा प्रदान गर्दै आएको यो वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका पाँचथर समाचारदाता सन्देश सुब्बालाई पुरस्कृत गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको पहलमा नगरपालिकाले स्थापना गरेको उक्त पुरस्कारबाट सुब्बालाई पुरस्कृत गरिने भएको हो । सो पुरस्कार पुष २८ गते नगरपालिकाको नगर परिषदको दिन वितरण गरिने जनाइएको छ । गत वर्ष सम्मान पत्र सहित नगद पाँच हजार रुपैंयाँ रहेको सो पुरस्कारको राशी यसपल्ट बृद्धि गर्न नगरपालिकालाई आग्रह गरिएको पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगानाले बताए ।

सो पुरस्कारबाट नगर विकासको लागि सक्रिय रुपमा कलम चलाउँने जिल्लाको एक जना क्रियाशील पत्रकारलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सिफारिसमा बार्षिक रुपमा पुरस्कृत गरिने फिदिम नगरपालिकाले जनाएको छ ।