भद्रपुर/ भद्रपुर स्थित वडा कार्यालय भद्रपुरमा दरबन्दीमा आएका कार्यालय इन्चार्ज एवं इन्सपेक्टर कुल प्रसाद चौधरीले स्थानीयको सहयोग नपाएमा शान्ति सुरक्षा कायम राख्न नसकिने बताएका छन् । अर्घाखाचीवाट सरुवा भई केहिदिन अघि भद्रपुरमा हाजिर भएका इन्सपेक्टर चौधरीले शनिवार कार्यालयमा आयोजना गरिएको पत्रकारसंगको परिचयात्मक कार्यक्रममा यस्तो धारणा अघि सारेका हुन् । प्रहरीले शान्ति सुरक्षाको जिम्बेवारी पाएपनि भद्रपुरवासीको साथ नपाएमा केहि गर्ननसकिने उनको बुझाई छ । देशमा जनता र प्रहरीको संख्यामा उल्लेखिय बृद्धिसंगै अपराधको प्रबृद्धि फराकिलो हुदै गएकोमा चिन्ता प्रकट गरेका छन् ।
ठुलो कुरा गर्न आफु भद्रपुर वडा कार्यालयमा नआएको उल्लेख गर्दै शान्ति सुरक्षा,अनुसन्धान गरी अपराधका घट्ना हुन नदिने मुख्य लक्ष्य रहेको उनको भनाई छ । सकरात्मक साथ सहयोग पाएमा समाजको लागी २४ सै घण्टा खटिने उनले दाबी गरे । कार्यालय भवन सागँुरो भएका कारण दरबन्दीमा रहेका ९५ जना कर्मचारीले सेवा दिन नसकेको मुख्य समस्या रहेको उनको ठम्याँई छ । भद्रपुरको सुरक्षाको लागी सगरमाथा चौक, झापा चौक र गणेश मन्दिर छेउमा २४ घण्टा केहि प्रहरीको डियुटी राख्न आवश्यक रहेकोले सो विषयमा छलफल अघि बढेको बताए । दरबन्दीको कर्मचारी मागेर प्रहरी गस्ति बढाइने भएकोले प्रहरीको गाडीमा भन्दा पनि निश्चत स्थानमा डियुटी राखी आवश्यक परेको खण्डमा सवारी लैजाने उनले बताए ।
कार्याक्रममा पत्रकार चिन्तामणि दाहाल, दिपक अधिकारी, पार्थ मण्डल, गोविन्द चन्द्र क्षेत्री, उत्तम नेपाल ,माया पकुवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।दरबन्दीमा रहेका अभय जोशीले ६ महिना अघि काज सरुवा मागेर काठमाण्ठौ गएपछि जिल्लावाट राजन कुमार न्यौपाने काजमा गएका थिए । न्यौपानेको पनि काठमाण्डौ स्थित महाराजगञ्ज ट्राफिकमा दरबन्दी भएपछि चौधरी आएका छन् भने जोशीको नयाँवानेश्वरमा दरबन्दी भएको कार्यालयले जनाएको छ ।