धरान/नेकपा (एमाले) समर्थित नेपाल होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ धरान नगर भेलाले ज्योती साहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति शनिबार चयन गरेको छ ।
[caption id="attachment_23277" align="alignnone" width="671"]

फाइल तस्बिर[/caption]
जिल्ला संघको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा बद्री राई, सचिवमा सुरज थापा, सह सचिवमा सिर्जना खवास र कोषाध्यक्षमा जीवन राईलगायत सदस्यहरु चयन भएका छन् । जिल्ला अध्यक्ष शिव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सांसद कृष्णकुमार राईले गरेका थिए ।
कार्यक्रममा नगर अध्यक्ष तारा सुब्बा, जिफन्ट सचिव सम्सेर बर्देवा र नेपाल यातायात स्वतन्त्र मजदुर संघ कोशी अञ्चल कमिटी उपाध्यक्ष लक्ष्मी बानियालगायतको उपस्थिति रहेको जिल्ला सह सचिव रविन्द्र अधिकारीले बताए ।