-
Home
-
राशिफल
-
जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आग्रह
जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आग्रह
पर्सा/ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित व्यापारीसँगको अन्तरक्रियामा उहाँले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताए । उनले वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा सङ्कटलाई समाप्त पार्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले देश सङ्घीयतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युत्को उपयोग गर्नुपर्ने धारणा राखे ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो कार्यक्रममा यहाँका व्यापारीहरुले वीरगन्जले खेप्दै आएको ऊर्जा सङ्कटको अन्त्य गर्न माग गरेका थिए । रासस