kamdhenuइटहरी/कामधेनु दुग्ध विकास सहकारी संस्थाकोे १७ औँ साधारणसभा सम्पन्न भएको छ । सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र तेह्रथुमलाई कार्यक्षेत्र बनाएको संस्थामा संस्थागत र व्यक्तिगत गरी ३ सय २४ सदस्य छन् ।

६८ जना कर्मचारीलाई रोजगार दिइरहेको संस्थाको चुक्ता पूँजी ६ करोड १६ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ । संस्थाले पछिल्लो अर्थिक वर्षमा २५ करोड ९ लाख ५ हजार ९ सय ७७ रुपैयाँको कारोबार गरेको साधारण सभामा जानकारी दिइयो । भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री सीताराम मेहताको प्रमुख आतिथ्यमा भएको सभामा विभिन्न सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेहताले सहकारीमार्पmत् आर्थिक उन्नति गर्न सकिने उदाहरणका रुपमा कामधेनु भएको बताउँदै निरन्तरताको कामना गरे ।संस्थाका अध्यक्ष टीकाप्रसाद ओझाले कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरे । अध्यक्ष ओझाले एक्लो लगानीमा शुरु गरेको सो व्यवसाय २०५७ सालमा कृषकहरूको सहभागितामा सहकारी संस्थामा परिणत भएको हो ।