
पाँचकन्या/ नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य एवं कोशी ब्युरो इन्चार्ज पदम राईले राष्ट्रियता, जनजीविकाको सवालमा एकीकृत जनक्रान्तिको माध्यमबाट क्रान्ति उठाउने बताएका छन् ।जिल्ला सङ्गठन समिति सुनसरीको दोस्रो सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘राष्ट्रघात, जनघात, भारतीय हस्तक्षेपविरुद्ध जनक्रान्ति आवश्यक छ’, उनले भने । त्रकार भवानी बरालले संसारमा कुनै पनि मुलुकमा पहिलो पुस्ताबाट क्रान्तिमा विश्वासघात नभएको तर नेपालमा हुनु दुःखद् भएको बताए ।
सुनसरी सेक्रेटरी युगेनको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ कार्य समिति चयन हुने जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशीलले जानकारी दिए । उद्घाटनअघि छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको ¥याली कार्यक्रमस्थल लाङ्घाली सामुदायिक वनको सभाहलमा पुगेर टुङ्गिएको थियो ।