-
Home
-
पूर्व
-
एमालेकाे शक्ति प्रदर्शनले देश मुठभेड तर्फ
एमालेकाे शक्ति प्रदर्शनले देश मुठभेड तर्फ
विराटनगर /संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले लगायत दलले शक्ति प्रदर्शन गरेर देशलाई मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
उनले शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यो शक्ति प्रशर्दन बेमौसमी वाजाको संज्ञा दिए । उनले संविधान संसोधनको विषयमा जुन तरिकाले एमालेलगायत दलहरु प्रस्तुत हुँदैछन् त्यसले देशलाई राम्रो संकेत नगरेको बताए । शक्ति प्रदर्शनले अहिलेको गतिरोध अन्त्य नहुने जिकिर गरेका छन् ।
उनले चुनावको पक्षमा आफूहरु पनि रहेको तर, संविधान संसोधन विनाको चुनाव आफूहरुलाई मान्य नहुने दाबी गरेका छन् । उनले भने, ‘पहिला संविधान संसोधन अनि मात्रै चुनाव ।’