धरान/प्रतिपक्षी दल नेकपा एमालेसहित ९ दलले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ । uml यो प्रदर्शनलाई सरकार पक्षधर दलहरुले विशेष रुपमा हेरेका छन् । एमाले लगायत दलले कति मान्छे काठमाडौंमा उर्तालान् भनेर सरकारवादी दलहरुलाई चासो विषयसमेत बनेको छ । संविधान संसोधन विधेयक प्रस्तावको विरोधमा विपक्षी ९ दलले शक्ति प्रदर्शन गर्न लागेको हुन् । विपक्षी दलहरुले ढेड लाख भन्दा बढी मान्छे सडकमा उतार्ने दाबी गर्दै आइरहेको छ । तर, उनीहरुले दावी गरेजस्तै मानिसहरु आउलान् त ? यो सबै जनताको लागि चासोको विषय बनेको छ । विपक्षी दलहरुले प्रदर्शनमार्गको सडकमै मञ्च बनाएका छन् । सहभागीहरुलाई पद्मोदय मोडसम्म राखिने एमालेले जनाएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ९ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभाको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रबाट जुलुससमेत निकालिने तयारी भइरहेको छ । जुलस कोणसभामा परिणत हुने छन् । यसका लागि एमाले लगायत दलले सयौंको संख्यामा स्वयमसेवकहरु खटाएको छ ।