विजयपुर/ आइतबार राती धरानको छाता चौकमा स्कुटी र मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार को १८ प ७१०२ नम्मरको स्कुटी र मे ७ प ५१२६ नम्मरको मोटरसाइकल आपसमा जुधेका थिए । मोटर साईकल र स्कुटी आपसमा जुध्दा स्कुटी चालक अनिल सुन्दाशको मृत्यु भएको हो ।
उनलााई उपचारकालागि बिराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।मोटरसाइकल चालक धरान –१५का बिशाल घतानीलाई उपचारकालागि शिलगुडि लगिएको खतिवडाले जनाए ।