trifikइटहरी/सार्वजनिक सवारीबाट फोहोरजन्य वस्तु सडकमा नप्mयाँक्न यात्रु र सवारी मजदुरलाई अनुरोध गर्दै इटहरीबाट चेतनामूलक कार्यक्रम शुरु गरिएको छ । इटहरी उपमहानगरपालिका, किप इटहरी क्लिन र यातायात व्यावसायीको सहकार्यमा इटहरी बसपार्कबाट आइतबार सो अभियान थालनी गरिएको हो ।

कार्यक्रमको उद्घाटनका अवसरमा सुनसरी क्षेत्र नम्बर २ का सांसद् रेवतिरमण भण्डारीले बसपार्क व्यवस्थापन समितिलाई डस्टविन र पम्प्लेट हस्तान्तरण गर्दै अभियानको थालनी गरेका हुन् । सांसद् भण्डारीसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईलगायतले सवारी साधनका यात्रुलाई समेत सवारीबाट फोहोरजन्य वस्तु प्mयाँके ५ सयदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने जनाए ।

यात्राका क्रममा जम्मा हुने फोहोर व्यवस्थापनका लागि गाडीमा डस्टविन राखिनुपर्ने र बसपार्कमा राखिएका डस्टविनमा ती फोहोर प्mयाँक्नुपर्ने पनि सवारी मजदुरलाई कार्यकारी अधिकृत राईले जनाए ।पुस १ गतेदेखि गाडीको झ्यालबाट सार्वजनिक स्थल वा सडकमा फोहोर प्mयाँकेको पाइए कारवाही हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक यातायातबाट फोहोर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो । सवारीबाट यात्रा गर्दा सार्वजनिक स्थल तथा सडकमा कुनै पनि फोहोरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको हो ।

सार्वजनिक यातायातबाट निष्काशन हुने फोहोरमैला नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइक्रोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ । सवारी छुट्नुअघि चालकले डस्टविन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्ने छ । नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम जरिवाना र तीन महिनासम्म कैद गरिने बताइएको छ ।