धरान । एक झापडले हत्या ? भन्दा आश्र्चय लाग्ला । तर, धरानमा शनिबार बिहानको राति साथीद्वारा साथीको घाटी रेटेर हत्याको कारण एक झापड रहेको खुलेको छ । त्यही एक झापड नै विकु भनिने विकास राजवंशीको लागि महंगो सावित भएको छ । hatya उनलाई त्यही एक झापड नै फिल्मीशैलीमा हत्या गरेका छन् । हत्यामा धारिलो हतियारले घाटीको मुनी किलकिलेको भागमा दुईपटक काटेको छ । त्यसपछि ढुङ्गा प्रहार गरी विभित्स तवरले हत्या गरिएको छ । शुक्रबार दिउसो मृतक विकु भनिने विकास राजवंशीले दिपू अर्थात् दीप तामाङलाई एक झापड हानेको कारण नै हत्या भएको प्रहरीलाई बयान दिएका छन् । ‘दिउसो एक झापड बिकुले दिपुलाई दिएको रहेछ ।’ डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘त्यही रिसमा हत्या गरेको भनिरहेका छन् ।’ झापड हानेको विषयमा भित्रभित्रै रिसिइवी लिएका दीपले दिनभर रिसको घुट्को आफैले पिएर बसेका थिए । जव रात भयो त्यसपछि सबैजना एकैठाउँमा भेला भएर डेन्ड्राइड सुध्ने र लागूऔषध खाए । उनीहरु पाँचजनाको समूह थियो । त्यही समूह मध्येका विकुलाई रातको तीनबजेतिर घाँटी रेटेर हत्या गरिएको प्रहरीमा बयान दिएका छन् । हत्या भएका विकुको खल्तीबाट नाइट्रोसन ट्यावलेट फेला परेको थियो । हत्यामा बिकुकै साथीहरु धरान –७ शान्तिपथका आारोहण भनिने सौरभ राई, दीप तामाङ, भोजपुर घरभई हाल धरान–८ भोटेपुलका आयुप चौधरी र धरान–९ बगैचालाइनका रोमन गुरुङ रहेका छन् । उनीहरुलाई कर्तव्यज्यान अन्तर्गत मुद्दा चल्ने प्रहरीले बताएको छ ।