धरान/सातौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको रेगो इभेन्टमा विभागीय टोली नेपाली आर्मीले स्वर्ण पदक हात पारेको छ । [caption id="attachment_22286" align="alignnone" width="960"]sepak सेपाकताक्रोको डब्बल इभेन्टमा स्पर्धा गर्दै खेलाडीहरु । तस्बिरःब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] आइतबार बिहान सम्पन्न खेलमा विभागीय टोलीले पश्चिमाञ्चललाई सोझो दुई सेटमा हराउँदै स्वर्ण जितेको हो । पश्चिमाञ्चले रजतमा चित्त बुझाएको छ । आर्मीले पश्चिमाञ्चलको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २१–१६ र २२–२० को सेटमा आर्मीले बाजी मारेको हो । आर्मीले सेमिफाइलनमा सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ को सोझो सेटमा हराउदै फाइलनको यात्रा तय गरेको थिए । काश्य पदक मध्यमाञ्चलले जितेको छ । उसले सुदुर पश्चिमलाई तेस्रो पोजिसनको लागि भएको प्रतियोगितामा २४–२२ र २१–१८ को कडा प्रतिस्पर्धाका बीच नजिता निकालेको हो । सुदुर पश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल समान ६ अङ्क जोडेसँगै महिला रेगो इभेन्टको पदक तालिकाको नतिजा आउन सकेको छैन् । प्रमुख निर्णायक रामबहादुर थापाले निणार्यक मण्डल बसेर मात्रै हरेक खेलको तालिका हेरेर नजिता निकालिने बताए । आइतबारदेखि सेपाकतेक्रोकै डब्बल इभेन्ट धरानको डिपो उच्चमाविको कोर्टमा भइरहेको छ । बास्केटबलका खेल जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला–पुरुष बास्केटबल प्रतियोगिता आइतबार पनि जारी रहेको छ । आइतबार बिहान सम्पन्न मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलबीचको खेलमा मध्यपश्चिमाञ्चलले २७–७ स्कोरले हराएको छ । मध्यले प्रत्येक क्वाटरमा १०–२–१२–३ अङ्क जोड्दा पूर्वले ०–३–२–२ अङ्क मात्रै जोडेको थियो । पुरुष बास्केटबल तर्फ पूर्वाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा पूर्वाञ्चलले सुदुरलाई ९५–३५ स्कोर अन्तरले हराएको छ । पूर्वले प्रत्येक क्वाटरमा २८–१७–२९–२१ अङ्क बनाउँदा सुदुरले ११–३–११–१० अङ्क जोडेको थियो ।