[caption id="attachment_22244" align="aligncenter" width="839"]3 तस्विर- सन्तोष काफ्ले[/caption]

विजयपुर/पर्यटन प्रबद्धन गर्दै आपसी समिपत्या बढाउन ‘धरानमा इलाम’ कार्यक्रम सुरु भएको छ । व्यापारिक तथा पर्यटकीय स्थलको प्रचार र प्रबद्धन हुने दुई दिने कार्यक्रमको शनिबार पुर्व प्रधानमन्त्रि झलनाथ खनालले उद्घाटन गरे । तिन बर्ष अगाडि पौरखी इलाम नामक प्रदर्शनी आयोजना गरेको समाजको दोस्रो संस्करण इलामेली समाज सुनसरी–मोरङको आयोजनामा गरिएको हो ।

कार्यक्रममा इलाममा भएका पर्यटकीय स्थल, चर्चित गन्तव्य स्थलको जानकारी, तथा इलाममा पाईने कृषि उत्पादन तथा इलामा रहेको टोटल हरुको जानकारी मुलन ८२ वटा स्टल हरु राखिएको इलामेली समाज सुनसरी–मोरङका अध्यक्ष कृष्ण साहले जानकारी दिए ।धरान, इलाम र ताप्लेजुङलाई मिलाएर गोल्डेन ट्रयांगल बनाउने अभियान अन्र्तत कार्यक्रम आयोजान गरिएको उनको भनाइ छ ।

स्टलहरुमा पूर्वमै रहेको जाति लेप्चा र थामि जातिको सांस्कृतिक भेषभुषा समेत प्रदर्शनीमा राखिएको छ भने इलामको सन्दकपुरमा उत्पादिन राढिपाखि पनि राखिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्रि झलनाथ खनालले नेपालको आर्थिक बिकाशका लागि पर्यटन क्षेत्रले निकै ठुलो सम्भावना बोकेको बताए । कार्यक्रममा पुर्व सभामुख सुवास नेम्वाङ,पुर्व मन्त्रि कुलबहादुर गुरुङ लागयतको उपस्थिती रहेको थियो ।