विजयपुर/धरानका चटपटे ब्यापारीलाई चुप्पि देखाएर लुटपाट गर्ने एक लुटेरा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले बिहिबार दिउसो लुटेरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान –१२ का २४ बर्षिय निकेश मगर रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । पक्राउ परेका निकेश मगरले धरानका चटपटे ब्यापारीलाई चुप्पि देखाएर लुटपाट गर्ने गरेको घटना सार्बजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका मगरको बिषयमा थप अनुसन्धान भईरहेको डिएसपी खतिवडाले बताए ।