
उर्लाबारी/ पूर्वी मोरङमा मोटरसाईकल चोरीमा सक्रिय एक गिरोहलाई हतियारसहित ईलाका प्रहरी कार्यलय उर्लाबारीले बिहीबार सार्वजनीक गरेको छ । बिभिन्न समययमा चोरी भएका १४ वटा मोटरसाईकलसहित चोरी गर्ने ११ जनालाई उर्लाबारी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
बिगत केही महिनादेखी उर्लाबारी र आसपासबाट मोटरसाईकल चोरी हुने क्रम बढे सँगै स्थानियले चोरीमा सक्रिय गिरोह पक्राउ गर्न प्रहरीलाई दवाब दिदै आएका थिए । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राई र प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर पोमुसहितको नेतृत्वमा खटिएको टोलीले मोटरसाईकल चोरी गर्ने गिरोहलाई इलाम,पाँचथर,ताप्लेजुङलगायत जिल्लाबाट पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा मोरङ मधुमल्ला—२ का सुसन खड्का,इलाम चुलाचुली—८ का लक्ष्मण गजमेर,चुलाचुली—२ का विशाल शेर्मा,दमक—१३ का शुनिल श्रेष्ठ र बादल योङ्या, दमक—२ का रोशन पोद्दार ,आङ्ला—७ पाँचथरका पुर्ण सम्बाहाम्फे,लिम्बा—१ पाँचथरका रामप्रकाश राई,लिम्बा—३ कै रबिन चेम्जोङ र इलाम फुयतप्पा—९ का खेम भट्टराई रहेका छन् । यस्तै प्रहरीले गुल्मी बडागाउका गणेश ठकुरीबाट १ थान कटुवा पेस्तोलसमेत बरामद गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईकलहरुमा १ सय ५०, २ सय, २ सय २० सिसिको पल्सर र यमाहा कम्पनिका १५० सिसिका मोटरसाईकल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राईले मुख्य गिरोह पक्राउ परी सकेको र अन्य मोटरसाईकल र चोरीमा संलग्नहरु पनि चाढै नै पक्राउ पर्ने दावी गरेका छन । प्रहरी नियन्त्रणमा रहेका ११ जना आरोपीहरुलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको प्रनि राईले जनाएका छन ।