धरान/इलाम र धरानलाई जोड्ने हेतूले पौरखी इलामले धरानमा दुईदिने ‘धरानमा इलाम’ नामक प्रदर्शनी गरिने भएको छ । आउँदो शनिबारदेखि छाताचौकमा दुर्इ दिन इलामको प्रवद्र्धनात्मक प्रदर्शनी गर्ने भएको हो । [caption id="attachment_22078" align="alignnone" width="960"]Ilam तस्बिरः भाेजराज श्रेष्ठ[/caption] प्रदर्शनीको पूर्वप्रधानमन्त्री एवम् इलामै नागरिक झलनाथ खनालले गर्ने कार्यक्रम रहेको छ । स्टलसहित राख्न लागिएको प्रदर्शनीमा इलामका १९ वटा कृषिजन्य स्टलहरु रहने छन् । जहाँ चिया, दुधबाट उत्पादित बस्तुहरु बिक्रीकोलागिसमेत राखिने छ भने दुईदिन निःशुल्क रुपमा इलामको अर्गानिक चियाको रस्वादन गराइने आयोजक इलामेली समाज सुनसरी–मोरङका अध्यक्ष कृष्ण साहले बिहीबारको पत्रकार सम्मेलनमा बताए । धरानको छाताचौकमा राख्न लागिएको प्रदर्शनीमा इलामका ४२ वटा जति होटलहरु बारे जानकारी, स्थापित होमस्टे बारे जानकारी गराइने छ । इलामममा बरबोटे, श्रीअन्तू र बालमगाउँ होमस्टे गाउँको रुपमा प्रख्यात छन् । इलामका १६ वटा भन्दा बढी पर्यटकीय गन्तब्यहरु बारे प्रदर्शनी हुने छ । जसमा श्रीअन्तु, कन्याम, गजुरमुखी, माइपोखरी, सन्दकपुरलगायतका १६ वटा पर्यटकीय गन्तब्यहरु बारे जानकारी राखिने अध्यक्ष साहले बताए । प्रदर्शनीमा साँगीतिक कार्यक्रमहरु जसमा इलामका प्रख्यात गायकदेखि स्थानीय गायकगायिकाहरुको प्रस्तुती रहने छन् । इलामका चर्चित गायक यम बराल, प्राज्ञ गणेश रसिक, प्राज्ञ कोमल निरौला, कुवेर राई, बलराम समाललगायतका १० भन्दा बढी कलाकारहरुको प्रस्तुती हुने छ । त्यस्तै साहित्यिक कार्यक्रमसमेत हुने छ । जसको लागि एकु घिमिरे र टीका आत्रेयलाई जिम्मेवारी दिइएको छ । ‘साहित्य, संगीत, व्यवसायलगायतमा धरान र इलामलाई जोड्ने यसको ध्येय हो ।’ अध्यक्ष साह भन्छन् । कार्यक्रममा पूर्वसभामूख सुवास नेम्वाङ, पूर्वमन्त्रीसमेत रहेका राजनीतिज्ञ कुलबहादुर गुरुङ, सांसद केशव थापा, कृष्णकुमार राईलगायत नेताहरुको उपस्थिति रहने छ । जस अन्तर्गत गुरुङलाई विशेष सम्मान प्रदान गरिने छ । प्रदर्शनीमा इलामका ऐतिहासिक व्यक्तित्व बालागुरु षडानन्द, ज्ञानदील दास, रत्नकुमार वान्तवा, विष्णु नविनको तस्बिरसमेत राखिने तयारी भएको छ । पौरखी इलामको दोस्रो संस्करणको रुपमा रहेको प्रदर्शनीमा करिव ५० हजार अवलोकनकर्ता र १२ लाख रुपैया बराबरको कृषिजन्य बस्तुहरुको कारोबार हुने लक्ष्य आयोजकले राखेको छ । नौलाख एकानब्बे हजार रुपैयाको लागत अनुमान रहेको कार्यक्रममा राई, नेवार, लेप्चा र थामी जातिको साँस्कृतिक झाँकी रहने छ ।