धरान/धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईको छोरी नेवाको १० औं जन्मोत्सव धरानमा बुधबार मनाइएको छ ।
[caption id="attachment_22021" align="alignnone" width="960"]

तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
नेवा च्यारिटीको कार्यालय धरानमा नेवाको १० औं जन्मोत्सवमा केक काटेर मनाइएको छ । यसै अवसरमा धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेवा युकेमा बस्दै आइरहेकी छन् ।
अध्यक्ष राईले आफ्नो छोरीकै नामबाट नेवा च्यारिटी ८ के रन प्रतियोगिता गराउँदै आएका छन् । च्यारिटीबाट संकलित रकम विभिन्न संघसंस्था तथा अपाङ्गता भएकाहरुलाई हस्तान्तरण गर्ने गरेको छ ।
नेवाके नाममा गरिने नेवा च्यारिटी ८ के रन प्रतियोगिता यसपटक फागुनमा गरिन लागिएको सचिव रोमू राईले बताए । चौथो नेवा च्यारिटी ८ के रन गरिन लागिएको हो । प्रतियोगितामा देशभरका म्याराथुन धावकहरु सहभागी हुने गरेका छन् । धरानमा हरेक शनिबार धरान रन गरिँदै आएको छ ।