तरहरा/सुनसरीको महेन्द्रनगर इलाका प्रहरी कार्यालयले हिरासतमा रहेका एक युवकलाई यातना दिएको आरोप लागेको छ । प्रहरीले हिरासतभित्रै कुटपिट गरेर मानव अधिकार उल्लङ्घन गरेको भन्दै हिरासतमा रहेका युवकका अभिभावकले आपत्ति जनाएका छन् ।
महेन्द्रनगर–५ का १७ वर्षीय अनील कार्कीलाई भूmटो मुद्दा लगाएर हिरासतमा यातना दिनुको साथै परिवारका सदस्यलाई भेट्न समेत नदिएको अभिभावकले गुनासो गरेका हुन् ।
पुस १ गते खेतबाट ट्रयाक्टर लिएर घर फर्कंदै गरेका कार्कीलाई प्रहरीले भूmटो आरोप लगाएर फसाएको उनीहरुले दाबी गरेका छन् ।स्थानीय केही व्यवसायी पुरानो रिसइबी साँध्न प्रहरीलाई रकम खुवाएर भूmटो आरोप लगाउँदै १७ वर्षीय कार्कीलाई हिरासतमा राख्न लगाएको अनीलका बुबा चित्रबहादुर कार्कीले बताए । हिरासतमा रहेका अनीललाई इप्रकाका मुद्दा फाँटका सचिन्द्र यादव र जवान अनील विकले निर्घात कुटपिट गरेको उनको आरोप थियो । प्रहरीले यसभन्दा अघि पनि आप्mनो काठ मिलबाट ३५ हजार रुपैयाँ विभिन्न बहानामा घुस लिएको उनले आरोप लगाए ।चित्रबहादुरले इटहरीमा पत्रकार सम्मेलन नै गरेर महेन्द्रनगरका स्थानीय काठ व्यवसायी खगेन्द्र दाहाल र आपूmबीच व्यावसायिक मतभेद रहेपनि इन्स्पेक्टर अनील पौडेलको सहयोगमा आप्mनो छोरालाई फसाएको आरोप लगाएका छन् । ‘पुरानो रिसइबी साँध्न मेरो छोरालाई फसाइयो’, उनले भने । इन्स्पेक्टरले महेन्द्रनगरमा सर्वसाधारणबाट रकम समेत असुलिरहेको आरोप उनले लगाएका छन् ।
सचिन्द्र यादवले यसअघि पनि फरार अपराधीलाई जोगाउन आर्थिक रकम लिने गरेको प्रहरी स्रोतले नै बताएको छ ।हिरासतमा रहेका अनीलले पनि आपूmलाई पक्राउ गरेर ल्याएपछि कुटपिट गरेको बताएका छन् । उनले आपूmलाई प्रहरीले विनाकारण पक्राउ गरी कुटपिट गरेको बताए । प्रहरी कार्यालयको नियम अनुसार छोरालाई खाना पु¥याउन जाँदा पनि प्रहरीले अभद्र व्यवहार गर्दै खेदेको अनीलकी आमा चुदाकुमारी कार्कीले गुनासो गरिन् । इन्सेकका जिल्ला प्रतिनिधि शेखर ढकालले हिरासतमा रहेकाहरुलाई कुटपिट गरे मानवअधिकार उल्लङ्घन हुने बताए ।यता इप्रका महेन्द्रनगरका इन्स्पेक्टर अनील पौडेलले भने खगेन्द्र दाहालको घर लुटपाट गर्न गएको अवस्थामा कार्कीलाई पक्राउ गरिएको बताए ।
अनील यसअघि पनि गत चैतमा प्रवीण बस्नेतको हात भाँचेर २५ हजार धरौटीमा रिहा भएको उनले जनाए । यातना र भूmठो मुद्दा नलगाएको भन्दै उनले अनीललाई ज्वाइँ पालेजसरी राखेको बताए । अनीलका बुबा र आमा खराब भएको उनले बताए । अनील १७ वर्षको भएपनि प्रहरीले भने २२ वर्षीय भन्दै मुद्दा दायर गरेको बताइएको छ ।महेन्द्रनगरका सर्वसाधारणले पनि प्रहरीप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन् ।