धरान/एमाले निकट युवा संघ नेपाल रुपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वकोषाध्यक्ष रहेका मनोज पुन हुन सक्ने आशंका गर्दै प्रहरीले खोजी तिब्र पारेको छ ।

प्रहरीले तिवारीको हत्यामा पुनलाई दोषी मानेको छ । किनकी गत फागुनमा तिवारीमाथि गोली प्रहारको प्रयास भएको थियो । तत्कालीन समयमा पुनको संलग्नता रहेको भन्दै प्रहरीले व्यापक खोजी गरेको थियो । पटक पटक हत्याको प्रयास भएको कारणले पनि प्रहरीले पुन नै दोषी रहेको अन्तिम निश्कर्ष निकालिरहेको छ । तत्कालीन समयमा मनोज पुन भूमिगत रहेका थिए । त्यही कारण पनि यो हत्यामा पुनको हात हुन सक्ने प्रहरीले शंका गरेको छ ।
तिवारी जिल्लामा व्यवसायिक रुपमा र पार्टीमासमेत पकड रहेका व्यक्ति मानिन्छन् । उनी माधव नेपाल निकटका हुन् । मनोजलाई पार्टीले केही वर्ष पहिले मात्रै प्रवेश गराएको थियो । तत्कालीन समयमा मनोज डनका रुपमा थिए । उनी केपी निकटका मानिन्छन् । मनोजको समूह र तिवारीको समूहबीच राम्रो सम्बन्ध स्थापित हुन सकेको थिएन् ।
[caption id="attachment_21966" align="alignnone" width="960"]

तस्बिरः उपेन्द् चाम्लिङ[/caption]
पार्टीमा पहुँच भएकै कारण पनि मनोजले तिवारीलाई राम्रो नमान्ने गरको निकट स्रोत बताउँछ । हाल भूमिगत रहेका मनोज भारतमै बसेर ‘सार्प सुटर’ प्रयोग गरी हत्या गरेको आशंका गरिएको छ । अहिलेसम्म प्रहरीले तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बराबद गरेको दाबी गरिसकेको छ । तिवारी हत्यापछि देशव्यापी रुपमा युवा संघले हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्न थालिसकेका छन् ।
तिवारी केही वर्ष कोरियामा बसेर फर्किएका व्यक्ति हुन् । उनी हाल इटा भट्टा व्यवसायी हुन् ।