durga-tiwariधरान/युवा संघ नेपालका रुपन्देहीका जिल्लम अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको रहस्य खुलेको छ । रुपन्देही डीएसपी वेलबहादुर पाण्डेले आफूहरुको प्रारम्भिक अनुसन्धान अनुसार मनोज पुनको समूहले हत्या गरेको प्रमाणहरु भेटिएको बताएका छन् ।

तिवारीलाई ६ महिनाअघि मनोजले नै उनको इट्टा उद्योगमा गोली प्रहार गरेका थिए । तर, त्यो बेला गोली छलेर बच्न सकेका थिए । ‘मनोजमाथि कर्तव्य ज्यानकै मुद्दा थियो, तर उ फरार थियो’ पाण्डेले भने ‘उसले अहिले अनुकुल मिलाएर तिवारी माथि गोली हानेको हुन सक्छ ।देबदह ६ का ४० वर्षीय तिवारी केवी आई इटा उद्योगकका सञ्चालक रहेका थिए । थप समाचारलागि यहाँ क्लिक गर्नुहाेस