धरान/संविधान संसोधनका विषयलाई लिएर भएको संसद गतिरोध अन्त्यका लागि सोमबार सभामुख ओनसरी घर्तीको आह्वानमा बसेको प्रमुख तीन दलका शीर्ष तीनदलको बैठक विना निश्कर्ष टुंगिएको छ । Teen dal_meeting संसद सचिवालय सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार बिहान बसेको बैठक निश्कर्षविहीन टुंगिएको हो । बैठकपछि तीन दलका नेताहरुले आ आफ्नो अडान कायमै रहेको बताएका थिए ।  बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि थिए । तीन दलको बैठकका कारण दिउसो १ बजेका लागि बोलाइएको संसदको बैठक ढिलाई भएको छ ।