काठमाडौं   / प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित ८ विपक्षी दलले संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनलाई थप चर्काउने निर्णय गरेका छन् ।

आज विहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सडक आन्दोलनलाई समर्थन गर्दै संविधान संशोधनको विरोधमा पुस १७ गते काठमाडौं खुल्ला मञ्चमा आमसभा गर्ने निर्णय गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।