accdintधरान/ झापाको दुवागढी– ५ मा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँेको प्रहरीको अनुमान छ ।

सोही मोटरसाइकलमा सवार मेचिनगर नगरपालीका–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गम्भीर घाइते बनेका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज ल्याइए पनि उपचारकै क्रममा राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छन् ।