तरहरा (सुनसरी ) पूर्वकै पर्यटकिय गन्तब्यको रुपमा विकास हुदै गएको इटहरीको तालतलैया वनभोज सुरु भए सँगै अशान्त बन्न थालेको छ । यातायातको सहज पहुँच, प्राकृतिक बातावरण , ताल, सिमसार क्षेत्र र विभिन्न प्रजातिका जिवजन्तुहरुको संगमस्थल तालतलैया केहि हप्ता यता अशान्त वन्न पुगेको हो ।
गत मसिर २५ गते इटहरी २ कै योगश राईले छुरा उनकै साथी सागर सम्वाहाम्फे घाईते भएका थिए । वजभोज स्थलमा तनाब भए पछि प्रहरीले छुरा प्रहार गर्नेलाई पक्राउ गरी मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले वताए । उनले भने वाह्यि पर्यटक भन्दा पनि स्थानीय ब्यत्तिहरुले नै वढि उश्रृखल गर्ने गरेका छन । पुस २ गते शनिवार पनि वनभोज स्थलमा मुक्का हानेर तालतलैयामा खैलाबैला मच्चाउँने ४ जनालाई पक्राउ गरी आईतवार छोडेको प्रहरीले वताएको छ ।
तालतलैया क्षेत्रमा झै झैगडा भईरहेको भन्दै यसलाई ब्यवस्थापन गर्ने ब्यवस्थापन पक्ष पनि लाग्नु पर्ने इलाका प्रहरी कार्यलय इटहरीको भनाई छ । तालतलैयाला भित्र मदिरा निषेध क्षेत्र वनाउँनु पर्छ भन्ने हाम्रो सुभाब हो इप्रका इटहरीका डिएसपी सुवेदीले भने । तालतलैया अपराधिक क्षेत्रको रुपमा विकास हुन थालेको भन्दै सार्वजनिक ठाउँमा मदिरा बन्द गरीनु पर्ने उनको सुझाब छ । अपराधिहरु भाग्न सक्ने ठाउँहरु ध्ेरै धेरै भएको कारण सुरक्षाको हिसावले विशेष ध्यान दिदै आएको छौ उनले भने । पर्यटकयि क्षेत्रमा पर्यटकहरुको संख्या वढ्दै गए सँगै प्रहरीले विशेष ध्यान राखेको उनको भनाई थियो ।
विहिवार र शनिवारको दिन आन्तरीक तथा वाह्यि पर्यटकहरुले भरीभराउ हुने तालतलैयामा अशान्त हुन थालेको तालतलैयाकै स्थानीयवासीहरुले वताएका छन । तालतलैया क्षेत्रमा विशेष सुरक्षा समेत ब्यवस्था गरीनु पर्ने स्थानीयको माग छ । स्थानीयवासी तथा समितिका लेखा समिति संयोजक वालकृष्ण विष्टले प्रहरीको संख्यामा कमि भएको वताए । विहिवार र शनिवार पर्यटकहरुको घुईचो लाग्ने गरेकोले लफडा हुन थालेको उनको भनाई थियो । हामी भिडभाड हुने दिन स्वयम सेवक समेत परीचालन गर्ने तयारीमा लागेका छौ विष्टले भने ।
तालतलैया विकास तथा संरक्षण समिति महासचिब रमेश अधिकारीले २ सय भन्दा बढि बनभोज स्थलहरु हुने गरेको कारण ब्यवस्थापन पक्ष कमजोरी भएको स्वीकार गरे । ‘हाम्रो पनि ब्यवस्थापन पक्ष कमजोर भयो भन्ने हो ।’ –उनले भने । हामी भिडभाडको दिन थप प्रहरी वलसम्म मागेर वनभोज स्थलमा सर्तक भएर हामी बढ्छौ उनले भने ।