
काठमाण्डौ/शनिबार नेपालमा नयाँ राजनैतिक पार्टीकाे घाेषणा भएकाे छ । समाजबादी फोरम नेपाल परित्याग गरेर बसेका पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नेपाल संघिय समाजबादी पार्टि घोषणा गरेका छन् ।
संघीय समाजवादी र फोरमको एकतामा असन्तुष्ट बनेकाहरुलाई समेटेर अन्सारीले आफ्नो अध्यक्षतामा ‘नयाँ पार्टी’को घोषणा गरेका हुन् ।अन्शसारीले निबार आफ्नो अध्यक्षमा ५४ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्। उनको पार्टीको वरिष्ठ नेता वीरबहादुर लामा छन् भने लोसाङ शेर्पा महासचिव र राजकुमार यादव उपाध्यक्ष छन् ।
तीन उपसचिव, तीन सचिव र कोषध्यक्ष केही दिनमा नै घोषणा गरिने अन्सारीले बताए । आगामी १० वर्षमा राजीतिक विकृतिको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको पार्टि घोषणा सभामा उनले बताए ।