jhapaeditedझापा/ झापाको शान्तिनगरमा शुक्रबारबाट धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ ।शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्माले महोत्सव उद्घाटन गरेकी हुन् ।

समारोहमा बोल्दै मन्त्री विश्वकर्माले स्थानीय पर्यटकीय क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताइन् । राज्यमन्त्री विश्वकर्माले देशभर ओझेलमा परेको पर्यटकीय क्षेत्रको विकासले मात्र देशको अर्थतन्त्र मजबुत हुने विचार राखिन् ।स्थानीय क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रको विकासले मात्र समाज र राष्ट्रको पहिचान झल्कने भन्दै उनले सबै एकजुट भएर त्यस्ता पर्यटकीय क्षेत्रको विकास गरिनुपर्ने बताइन् ।

एक फरक प्रसङ्गमा उनले देशभरको सामुदायिक विद्यालयको गुणस्तर, भौतिक संरचनाको विकासमा सरकार लागिपरेको बताइन् । दरबन्दी नभएका विद्यालयमा शिक्षक परिपूर्ति गर्ने र शिक्षाको गुणस्तर बढाउने सरकारको प्रमुख लक्ष्य रहेको राज्यमन्त्री विश्वकर्माको भनाइ थियो ।