Kp Oli 1मोरङ/नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ पत्रकारसँग कुराकानी गर्दै उनले १३ महिनाभित्रमा सबै तहको निर्वाचन नगराइएमा मुलुक गम्भीर राजनीतिक सङ्कटमा फस्ने चिन्ता व्यक्त गरे ।

सरकारले असान्दर्भिक र नचाहिने संविधान संशोधनको प्रस्ताव ल्याएकाले राजनीतिक गतिरोध बढेको उल्लेख गर्दै उनले मुलुकको सङ्क्रमणकाल अन्त्यका लागि आपूmले ल्याएको निर्वाचनसम्बन्धी कार्यतालिकासमेत ल्याउन अहिलेको सरकार असफल भएको टिप्पणी गरे ।