धरान /  चेकजाँचको क्रममा इटहरी प्रहरीले कट्टु भित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा केही थान लागूऔषधसहित धरानका एक युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध ओसार पसारमा कडाई गर्न थाले पछि पुराना कारोवारीहरुले अनेक नयाँ उपया अपनाउन थालेका छन् । जुत्तामा, शरिरमा बाधेर ओसार पसार गर्ने सामान्य बनेको छ । आजभोली गुप्ताङभित्र लुकाएर ओसारपसार गर्ने गरेको पाईएको छ । यस अघि इलाका प्रहरी कार्यालय धरानले गुप्ताङभित्र लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले इटहरी–१२ बाट चेकजाँचको क्रममा धरान–१४ का दिवाकर खनालको साथबाट लागूऔषध फेला पारेको हो । उनले को ५ प ३९६६ नम्बरको स्कुटरमा आउने क्रममा कट्टु भित्र टेपले बाधेको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले फोन सम्पर्कमा बताए । खनालको साथबाट पिजेसिक ४२ एम्पुल, एभिल ४६ एम्पुल, डाईजेल्याब ४९ एम्पुल बरामद भएको छ । डिएसपी सुवेदीका अनुसार पक्राउ परेका खनाल यस अघि पनि लागुऔषध तथा सार्वजनिक अपराध अन्तर्गत दुई बर्ष जेल सजाय भुक्तान गरिसकेको व्यक्ति रहेको हुन् । यस अघि पनि कारोवार गरेका कारण उनले नयाँ उपाय अपनाएर ओसारपसार गरेको पाईएको डिएसपी सुवेदीले जानकारी दिए । [caption id="attachment_21656" align="alignnone" width="960"]laguausad तस्बिर साैजन्यः इप्रका इटहरी[/caption]