काठमाडौं / सरकारले अर्काको नामबाट मतदान गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । गृहमन्त्रालयले बुधबार संसदमा दर्ता गरेको निर्वाचन कसूर तथा सजाय सम्बन्धी विधेयकमा फर्जी मतदान गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवान गर्न प्रस्ताव गरेको हो ।
सरकारले निर्वाचन (कसूर र सजाय) ऐन, २०६३ लाई परिमाजर्न गर्न चुनाव सम्बन्धी गैरकानुनी काम गर्ने व्यक्तिलाई गर्ने सजायमा भारी वृद्धि गरेको छ । प्रचलित कानुनमा अधिकतम सजाय स्वरुप पाँच सयदेखि दश हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।
तर सरकारले बुधबार संसद दर्ता गरेको विधेयकमा अधिकतम सजाय दुई लाखसम्म जरिवान र तीन वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने प्रस्ताव गरिएको छ । त्यस्तो सजाय चुनावका बेला हात हतियार लिएर हिँड्ने, प्रयोग गर्ने्विरुद्ध लागू हुनेछ ।
यस्तै गृहमन्त्रालयले बुधबार नै स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक पनि दर्ता गरेको छ । संविधान कार्यान्वयनका लागि चुनाव गर्नुपर्ने दबाब बढिरहेका बेला सरकारले थप दुई वटा विधेयक संसदमा दर्ता गरेको हो । प्रस्तावित विधेयकमा एकपटक भन्दा बढी मतदान गरेमा २५ हजार रुपैयाँ जरिवाना हुने प्रस्ताव गरिएको छ । यस्तै गैरनेपालीले भोट खसालेमा एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । मतगणना स्थलमा अनधिकृत रुपमा प्रवेश गर्नेलाई १५ हजार रुपैयाँ जरिवाना हुनेछ । अधिकृतको अनुमति बेगर मतभेटिका खोस्ने, बिगार्ने वा अन्त्रय लैजानेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय प्रस्ताव गरिएको छ । मतदान केन्द्रको दुई सय मिटरभित्र शान्ति भंग गर्ने, त्रास सिर्जना गर्ने वा चुनावको वातावरण बिगार्ने, जुलुस गर्ने, बाजा बजाउने, नाचगान गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवान गर्ने सकिनेछ । भोट किन्ने, भोज खुवाएर आफ्नो पक्षमा मतदान गर्ने वा गर्न लगाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । चुनावका बेला नेपालको स्वतन्त्रता, सर्वाभौमसत्ताविरुद्ध, कुनै धर्म जात जाति वा सम्प्रदायबीच सुसम्बन्ध खलल पुर्रुयाउनेलाई दुई लाख रुपैयाँसम्म जरिवान र ३ वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने प्रस्ताव गरिएको छ ।चुनाव प्रचारप्रसारका लागि पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले देखाउने, सर्वाजनिक स्थलमा यस्ता वस्तु टाँस्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।