धरान/लागूऔषधको मुद्दामा आफूलाई फसाइएको सञ्चारकर्मी एव् धरान–१५ निवासी हिमाल राईले स्पष्ट पारेका छन् । २०५७ असोज ९ गतेको लागूऔषध मुद्दामा २२ महिना १५ दिन जेल सजाय भुक्तान गरेर फर्किएका राईले बिहीबार पत्रकार सम्मेलन गरेर आफू निर्दोष रहेको बताए । himal rai राईले अदालतमा आफू निर्दोष रहेको विभिन्न कागजात पेश गर्दासमेत २२ महिना १५ दिन कैद बस्नु परेको बताए । उनलाई फैसला कार्यान्वयन विशेष अभियान टोली (टास्क फोर्स) ले २०७१ मघ ४ गते पक्राउ गरेको थियो । जतिबेला लागूऔषध मुद्दा दर्ता गरिएको थियो, तत्कालीन समयमा आफू लागूऔषधविरुद्ध अभियानमा रहेको प्रमाणहरु पेश गर्दागर्दै पनि आफू कैद भुक्तान गर्नु परेको पीडा उनले व्यक्त गरे । ‘जवकी तत्कालीन पक्राउ परेको कृष्ण सुब्बाले बयान दिँदा म हिमाल राईसँग नाम, उमेर, रङ, उचाई र बोलाईसमेत मिलेको थिएन् ।’ उनले पत्रकार सम्मेलनमा भने । एनले आफूलाई जर्वजस्ती ‘हो’ भन्ने बनाएर पक्राउ गरी पर्वत भनिने हिमाल राईको नाममा रहेको कैद तथा जरिवाना भुक्तान गर्न बाध्य पारिएकोसमेत उनले बताए । लागूऔषध मुद्दाको आरोप लागिरहँदाको बखत आफू ‘युथ एक्सन गु्रप’ नामक समूह स्थापना गरी २०५८ सालसम्म लागूऔषध, अखाद्य तेल र बस्तु बिक्री गर्नेलाई कारबाही चलाउने गरेको उनले बताए । त्यही कार्यक्रम सञ्चालन गरेवापत हङकङमा गरेको पाँचदिने मल्टी एजेन्सी तालिममासमेत सहभागी भएको प्रमाणसमेत आफूले पेश गरेको उनले बताए । तर, पनि आफूले छुटकारा पाउनुको सट्टा जेल सजाय भूक्तान गर्नु परेको उनले पत्रकार सम्मेलनमा बताए । जिल्ला अदालत सुनसरीले २०६२ पुष १९ गते गरेको फैसला अनुसार आफू निर्दोष रहेको भन्दै राईले बन्दीप्रत्यक्षिकरणको रिट पुनरावेदन अदालत विराटनगरमा दिएका थिए । उक्त रिट उपर न्यायधिस उदयप्रकाश चापागाईँले राईलाई गैरकानुनी तवरबाट थुनामा राखेको भन्ने देखिन नआएकाले निवेदन खारेज हुने प्रतिवेदन दिएका छन् ।