इनरुवा/वैदेशिक रोजगारीका क्रममा ठगिएका कामदारहरुसँग पर्याप्त प्रमाणको अभावमा पीडितहरुलाई क्षतिपूर्ति र न्याय प्रदान गर्न समस्या हुने गरेको एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले बताएका छन् । आर.एस.डि.सी सुनसरी, सि.एस.डि.सीले सामी परियोजना अन्तर्गत हेल्भेटासको सहकार्य मङ्गलबार इनरुवा आयोजना गरेको सुरक्षित आप्रवासन सम्बन्धी प्रहरी र प्रशासनबीचको अन्तत्र्रिmया कार्यक्रममा सहभागी सरोकारवालाहरुले वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका कामदारहरुसँग पर्याप्त प्रमाणको अभावमा उनीहरुलाई क्षतिपूर्ति र न्याय दिलाउनमा समस्या भएको जोड दिए । कार्यक्रममा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले असुरक्षित रुपमा वैदेशिक रोजगारीमा जानेहरु सङ्ख्या उल्लेखनीय भएता पनि कुनै तथ्याङ्क नहुने गरेको र वैदेशिक रोजगारीको क्रममा ठगिएपछि उनीहरुलाई न्याय दिलाउन गाह्रो भएको बताए । उनले अभैmपनि वैदेशिक रोजगारीमा पठाउने म्यानपावर र एजेण्टहरुलाई कानुनी दायरामा ल्याउन नसकिएकोले यस्तो समस्या देखा परेको छ । यसैगरी वैदेशिक रोजगारी क्षेत्रमा गैरकानुनी काम गर्ने व्यक्ति वा म्यानपावर कम्पनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि स्थानीय स्तरबाटै पहल भइरहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पोषराज पोखरेलले वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने गरेका कामदारहरुका लागि क्षतिपूर्ति दिलाउने व्यवस्था भएपनि प्रमाणको अभावमा पीडितले न्याय पाउन नसकेपछि पिडकलाई अन्तिम अवस्थामा सार्वजनिक मुद्दा चलाएर कार्वाही गरिने गरिएको बताए । कानुनी बाटो नभइ अवैधरुपमा विदेश जाने कामदारहरु पछिल्लो समय ठग तथा बिचौलियाहरुको चङ्गुलमा फस्ने गरेकोले उनीहरुको न्यायमा समस्या भएको एसपी पोखरेलले बताए । सुनसरीमा वैदेशिक रोजगारीबाट प्रत्येक वर्ष १ अर्ब ४२ करोडको हराहरीमा रेमिटान्स भित्रिने गरेको र केहीले विदेशमा कामै नपाइ अलपत्रमा परी फिर्ता भएकाहरुलाई १ करोड ६३ लाख ९३ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको सि.एस.डि.सीका कार्यक्रम संयोजक भेषराज पोखरेलले कार्यक्रममा जानकारी दिए । सो कार्यक्रममा सुरक्षित आप्रवासन (सामी परियोजना) सुनसरीकी संयोजक कोपिला दाहाल, सि.एस.डि.सीकी डिम्पल यादव लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।