aaglagiविराटनगर/ विराटनगर–९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ । उद्योगको कार्यालयमा सोमबार दिउँसो १२ बजे आगलागी भएको हो ।प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे ।

आगलागीमा परेर एउटा कम्प्युटर, ल्यापटप, एसी मेसिन, सीसी क्यामेरा र कार्यालयमा भएका अन्य सामान जल्दा ५ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाले जनाए । वारुणयन्त्र र प्रहरीको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।