धरान/ कात्तिक २६ गते जनकपुर–ढल्केवर सडक खण्डको हरैयास्थित सडक छेउमा मृत अबस्थामा भेडिएका श्रीराम ठाकुरको उनकै श्रीमतीका ब्वाइफ्रेण्डले हत्या गरेको रहस्य खुलेको छ ।प्रहरीको अनुसन्धानका क्रममा उनको दुर्घटनामा मृत्यु भएको नभर्इ गाडीले किचाएर हत्या भएको खुलेको हो ।हत्यामा संलग्न दुर्इ जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा श्रीरामकी श्रीमतीका ब्वाइफ्रेण्ड जनकपुर उपमहानगरपालिका–६ का ३० वर्षे जितेन्द्र चौधरी र धनुषाको महुवा–४ का २७ वर्षे मनोजकुमार चौधरी रहेका छन् ।प्रहरीको नुसन्धानबाट मृतक श्रीराम ठाकुरको श्रीमतीसँग जितेन्द्र चौधरीको अनैतिक सम्बन्ध थियो ।धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवका अनुसार कातिक २६ गते बेलुका जितेन्द्रले ठाकुरलाई जागिरको प्रलोभन दिइ ढल्केवर लगेका थिए ।
ढल्केवरबाट आफ्नै ज ३ प ८९३७ नम्बरको मोटरसाइकलमा चढाइ बेलुका फर्कने बेला झण्डै ७ बजेको समयमा हरैयास्थित मोटरसाइकल रोकेर भारतीय नम्बर प्लेटको बोलेरो आएका बेला धकेलेर हत्या गरेको खुलेको छ ।घटनापछि उनीहरू फरार भएका थिए । दुबैलार्इ पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी थप अनुसन्धान थालिएको छ ।