तेह्रथुम/तेह्रथुमको म्याङलुङ १ गढीभिरमा आज अपरान्ह २ वजे यात्रु वाहक वस दुर्घटना हुंदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाईते भएका छन् । धरान वाट तेह्रथुमको औशीँडाँडा तर्फ जांदै गरेको ना ४ ख २८६५ नम्वरको यात्रु वाहक वस गढीभिरको सडक वाट करीव १ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रमुख भिम कटुवालले जानकारी दिए । दुर्घटनामा परी १ महिला, १ पुरुष र १ वालीकाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तेह्रथुम सिम्ले ४ का ६६ वर्षिय गुमानसिंह लिम्वु, सोही स्थानका ४५ वर्षिय कालीमाया लिम्वु र संखुवासभा मामलिङ ५ का ७ वर्षिय अञ्जनी याख्खा रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते ९ जनालाई थप उपचारका लागि धरान स्थित विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको छ । अन्य घाईतको जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको छ । तिव्र गतीका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रमुख कटुवालले जानकारी दिए । वसका चालक वम वहादुर पराजुली फरार रहेको प्रहरीले जनाएको छ ।