
धरान /धरानबाट तेह्थुमको औसिंडाँडा जादै गरेको बस म्याङलुङ बजार छेउमा रहेको गढिभिरमा दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको हाम्रा स्थानिय संबाददाताले जनाएका छन् ।
दुर्घटनामा परी करीब ३० जना घाइते भएका भएका छन् मृतकहरुमो पहिचान हुन नसकेको जिल्ला ट्रफिक प्रहरी कार्यालय तेह्थुमका प्रमुख असइ भिम कटुवालले जानकारी दिएका छन् । घाईतेहरुको उद्धारकार्य जारी रहेको बताइएको छ । धरानबाट औसीडाँडा जादै गरेको ना ४ ख २८६५ नम्मरको बस गडीडाँडाबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाईतेको नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानियले उद्धार गरिरहेका छन् । दुर्घटनामा एक महिला,एक पुरुष र एक बालकको मृत्यु भएको हाम्रा स्थानिय संबाददाता कृष्ण बिदुखीले बताएका छन् ।