bidhut-(2)इटहरी/तस्विरमा देखिएका टेलिभिजनहरु कुनै शोरुमका होइनन् । आजभोलि नेपाल विद्युत् प्राधिकरणको इटहरीस्थित कार्यालय परिसरमा शुक्रबार जम्मा गरिएका यी टेलिभिजनधनीले आप्mना सामान लिन आउँदा जरिवाना तिर्नुपर्छ ।प्राधिकरणका कर्मचारीको टोलीले शुक्रबार मात्रै यति धेरै सामान बरामद गरेको हो ।

विद्युत् चोरी गरी प्रयोग गरिएका टेलिभिजनबाहेक पानी तान्ने मोटर, फ्रिजलगायतका तीन गाडी (साना) सामान प्राधिकरणको टोलीले बरादम गरेको छ । प्राधिकरण शाखाका प्रशासकीय अधिकृत नगेन्द्र श्रेष्ठका अनुसार हुकिङ प्रयोग गरी विद्युत् चोरी गर्नेहरुलाई प्राधिकरणको नियमबमोजिम कारवाही हुनेछ । शुक्रबार प्राधिकरणको क्षेत्राधिकारभित्र पर्ने कुमारखत, बक्लौरी, सिङ्गिया, धमौरालगायतका क्षेत्रमा गरिएको अनुगमनमा ५० भन्दा बढी घरबाट सामान बरामद गरिएको कर्मचारी मोहन शर्माले जनाए ।प्राधिकरणका सुपरभाइजर रितेशकुमार झाका अनुसार यो आर्थिक वर्षमा मात्रै इटहरी शाखाले विद्युत् चोरी गर्नेहरुलाई कारवाही गर्दा ८ लाख रुपैयाँभन्दा बढी जरिवाना गरिसकेको छ ।

चालू आर्थिक वर्षमा ७० जनालाई जरिवाना गरिएको र त्यति नै सङ्ख्यामा कारवाहीको प्रक्रियामा रहेको पनि उनले बताए । विद्युत् चोरी गर्नेलाई ३ हजार रुपैयाँभन्दा माथि उचित स्थिति हेरेर जरिवाना गर्ने गरिएको प्राधिकरणले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख रुपैयाँ जरिवाना सङ्कलन गरिएको पनि उनले बताए ।त्यसो त त विद्युत् हुकिङ गर्नु आपैmँमा जोखिमपूर्ण पनि छ । केही समयअघि निर्माणाधीन घरमा पानी लगाउने क्रममा इटहरीकी ज्ञानकुमारी कट्वालको ज्यान गएको थियो । विद्युत् हुकिङ गरी प्रयोग गरिएको मोटरबाट करेन्ट चुहावट भई उनको अकालमै मृत्यु भयो । राति विद्युत् चोरी गर्ने क्रममा तार सट भएर हाँसपोसाको जब्दीमा एउटा ट्रान्सफर्मर जल्यो । केही समय अघिसम्म हुकिङ गरी विद्युत् चोरी गरेकै कारण सुनसरीमा वर्षेनी २० पटकसम्म ट्रान्सफर्मरमा क्षति पुग्ने गरेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणले हाल गाउँमा गस्ती शुरु गरेपछि त्यो क्रम घटेको कार्यालयले जनाएको छ । विद्युत् ट्रान्सफर्मर जल्नुको कारण विद्युत् हुकिङ भएको इटहरी शाखाले पत्ता लगाएको छ । बढी मात्रामा नयाँ घर निर्माण गर्नेले आधुनिक मोटर प्रयोग गरी पानी तानेका कारण समस्या सिर्जना भएको प्राधिकरणले जनाएको छ । त्यसो त बसाइँ सराइ, विदेशको कमाइ वा गाउँकै पुख्र्यौली सम्पत्ति बेचेर घर बनाउनेहरु बढेका छन् । दुर्घटना हुन नदिन र भोल्टेज बढाउनका लागि प्राधिकरणको इटहरी शाखाले केही समययता निरन्तर रुपमा अनुगमन बढाएको छ ।

०६२÷६३ को जनआन्दोलन तथा मधेश आन्दोलनपछि पूर्वी पहाडी जिल्ला र तराईका थुपै्रले इटहरी वरपर जग्गा खरीद गरे । अहिले वरपरका चारवटा गाविसलाई समेटेर इटहरीलाई उपमहानगरपालिका बनाइएपछि नयाँ घर बनाउने क्रम ह्वात्तै बढेको छ । बस्ती बढेसँगै इटहरीमा विद्युत् मिटरको माग पनि ह्वात्तै बढेको छ । मागअनुसार प्राधिकरणले मिटरसमेत दिन सकेको छैन ।