khuriविजयपुर/धरानमा फेरी खुकुरी प्रहारकाे घटना दाेहाेरिएकाे छ । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरि कानुनी कारबाही अगाडि बढाएको छ । घाईतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान-२१ स्थित बसन्तटारमा घटना भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धरान-२१ का युगल राई,बसन्त राई ,युनेस राई र दिपेन राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । उनीहरुलाई धरान-१५ बस्ने रमेश तामाङमाथी खुकुरी प्रहार गरि घाईते बनाएको आरोप लागेको छ । पक्राउ परेका सबैलाई म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको श्रीमलले बताए ।