उत्तम नेपाल
भद्रपुर/झापाको उत्तरी क्षेत्र बाहुण्डाँगीको हात्ती पीडाले ठूलो रुप लिईरहेको छ । २०३५ साल देखी आउन थालेको हात्तीको आतङ्क निरन्तर छ । भारतबाट नेपाल आउने हात्ती समस्या समाधानको लागि अनेकौँ उपायाहरु अपनाए पनि हात्ती नियन्त्रण हुनसकेको छैन । हात्ती नियन्त्रणको लागि अपनाएको धेरै उपायाहरु मध्ये विश्वमा नै उचित मानिएको सोलार फेन्सीङ्ग(सौर्य विद्युतिय तारबार) पछिल्लो पटक बाहुण्डाँगीमा पनि लगाईयो सबै बाहुण्डाँगी बासीहरु खुशी भए, तर त्यो खुशीसगै दुःख पनि जारी छ ।
हात्ती रोक्नका लागी पछिल्लो समयमा इलामको जिर्मले गाविस ३ दुधे खोलादेखि झापाको मेचीनगरपालिकाको वडा न १० सम्म करिब अठार किलोमिटरमा जडान गरिएको विद्युतीय तारवार विश्व वैंकले दिएको भन्सार शुल्क सहित डेढ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । हात्तीको न्युनिकरणका लागी सन् २०११ मा नेपाल सरकार र राष्ट्रिय प्रकिृति संरक्षण कोषविच सम्झौता भई सन् २०१३ वाट तामिलनाडु फ्रेन्च गार्ड कम्पनी तामिलनाडुले आयोजनालाई सुरु गरेको थियो ।
समुदायमा आधारित मानव–हात्ती दन्द्ध ब्यवस्थापन तथा प्रकिृति संरक्षण मञ्च वाहुण्डागी अन्तरगत जिल्ला वन कार्यालय झापाको अगुवाइमा सम्पन्न भएको थियो । सोलारवाट जडान गरिएको तारमा हात्तीले छुने वित्तिकै ८ हजार भोल्टको करेन्टले हात्तीलाई झड्का दिएसगै ठाउ–ठाउमा राखिएका साइरन बजेपछि हात्ती प्रवेश गरेको शंकेत स्थानीयले पाउने गरेको सौर्य विद्युतिय तारबारका प्राविधिक तथा वाहुण्डागी १ का शंकर क्षेत्री लुइटेलले बताए । तारवारले भारतवाट लस्करै भएर वाहुण्डागी छिर्ने हन्जा हात्तीलाई मात्र रोक्ने गरेको उनि बताउँछन् । तारवार गरेको क्षेत्र भौगोलिक बनावटका समस्याले गर्दा एक्लै हिड्ने भाले हात्ती करिब ११ फुट अग्लो हुने र ४ फिट उफ्रन सक्ने भएकोले त्यस्ता प्रकारका हात्ती छिर्ने गरेको उनको भनाई छ ।
तारवारले न्युनिकरण मात्र गरेकोले मर्मत तथा रेखदेख गर्ने प्रविधिकलाई उचित पारिश्रमिकको व्यवस्था गरी निरन्तरता दिनु आवश्यक देखिएको उनले बताए । नेपाल छिरेका हात्ती रैथाने भएकोले पारि कटाएपनि फिर्ता आउने गरेको उनको भनाई छ । हात्तीको साँझ ६ देखी राती ११ बजेसम्म चर्ने समय र विहान ३ देखी ६ बजेसम्म बासस्थान फिर्ने समय भएकोले सो अवधीमा हिड्डुल नगर्नु राम्रो हुने उनको भनाई छ । विद्युतीय तारवारको प्रविधि प्रभावकारी भएको मानव हात्ती द्धन्द्ध व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलले बताए । तारवार गर्नु भन्दा अघि छिरेका हात्तीले मात्र क्षति पुर्याउदै आएको तर भारतवाट हुलका हुल आउने हात्तीलाई छेकेको उनको भनाई छ । तारवारको प्रविधी हात्तीलाई हेरेर बनाएकोले यसको प्रयोगले हन्जालाई मात्र छेक्ने गरेको राष्ट्रिय प्रकिृति संरक्षण कोषका तथा समुदायमा आधारित मानव हात्ती द्धन्द्ध व्यवस्थापनका सहजकर्ता त्रिभुवन चौधरीले बताए ।
हात्तीको रोकथामको लागी बनाईएको तारवारमा १५ फुट चौडाई सम्म स्थानीयले आफ्नो नम्बरी जग्गा निशुल्क दिएको समेत उनले जानकारी दिए । तारबारलाई सुरक्षा कवजको रुपमा लिएकोले यसको प्रभावकारिता देखिएको उनको भनाई छ । हात्तीलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा वन्यजन्तु अनुसन्धान विषेशज्ञ डा. खड्ग वस्नेत नेतृत्वको टोलीले हात्ती छिर्ने क्षेत्रमा अनुसन्धान गरी तारबारको प्रविधि ल्याएको उनले बताए ।
हन्जा हात्तीले जनधनको क्षतिनगरेको राष्ट्रिय प्रकिृति संरक्षण कोष तथा तथा समुदायमा आधारित मानव हात्ती द्धन्द्ध व्यवस्थापनका कार्यक्रम संयोजक उपेन्द्र पोखरेलले बताए । झापामा हालसम्म करिब ७ ओटा हात्ती भएको जानकारी दिदै दिगो व्यवस्थापनका लागी केन्द्रवाट अनुसन्धान टोली झापा आई हात्तीको वानी व्यहोराका बारेमा पत्ता लगाई सोहिअनुरुप अगाडी बढ्ने उनको भनाई छ । तारवारको दिगो व्यवस्थापनको लागी आवश्यक पर्ने सामानको मौज्दात, प्राविधिक सुविधा,संस्थाको कोष दरिलो बनाउन आवश्यक देखिएको उनको भनाई छ । हात्तीले सबैभन्दाबढी मानवीय र भौतिक क्षति गर्दै आएको छ ।
हात्तीले बाहुनडाँगीको छिमेकी गाविसहरु शान्तिनगर, बुधबारे खुदुनावारी, धाइजन गाविस , मेचीनगर नगरपालिका लगायत झापाभरी भौतिक र मानवीय क्षति गर्दै आएको छ ।बन तथा भु संरक्षण मन्त्री शंकर भण्डारीले सोलार फेन्सीङ्गको उद्घाटन गर्ने क्रममा हात्तीको कारणबाट मृत्यूभएका परिवारलाई दिईने राहतलाई बढाएर १० लाख पु¥याउने घोषणा गरका छन् । सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरे हात्ती नियन्त्रणको अचुक अस्त्र बन्ने विषयमा दुइमत छैन तसर्थ सरकारी संयन्त्रले हात्ती नियन्त्रणका लागि चासो दिएर हात्ती पीडित नागरिककोे आलो घाँउमा मह्लमपट्टी लगाउनु नै उचित हुन्छ ।