भोजपुर/पत्नीको हत्या गरेको आरोपमा प्रहरीले भोजपुरको आम्तेक–१ का लट्टे भन्ने आइते दमाईलाई पक्राउ गरेको छ ।
दमाईले आफ्नै ३६ वर्षीया श्रीमती निर्मला दमाईको हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार काजी दमाईको छोराको घरमा न्वारान खाएर फर्कने क्रममा दमाई दम्पतीबीच विवाद भएको थियो विवादको क्रममा आइतेले निर्मलालाई धकेल्दा बारीको कान्लामुनि लडेर कञ्चटमा चोट लागेको थियो ।
गम्भीर घाइते निर्मलाको उपचारका लागि भोजपुर सदरमुकाम लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।