धरान/राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय धरानले सबैभन्दा बढी कर बुझाउने करदाताहरुलाई मंगलबार सम्मानित गरेको छ । कार्यालयले धरान परिषरमै कार्यक्रम गर्दै धरानबाट सबैभन्दा बढी कर तिर्ने मितेरी विास बैंक, धनकुटाबाट कावेली विकास बैंक र संखुवासभाबाट मकालु सहकारी संस्थालाई सम्मानित गरेको हो । मितेरीका तर्फबाट कार्यकारी प्रमुख तुलसी वस्तीलाई सम्मान पत्र प्रदान गरिएको छ । कार्यालयका प्रमुख कर अधिकृत धमेन्द्रकुमार मिश्रले सम्मान पत्र प्रदान गरेका थिए । यसैबीच समन्वयकारी भूमिका निर्वाह गरेको सुनसरी उद्योग बाणिज्य संघलाईसमेत सम्मान पत्रले सम्मानित गरेको महासचिव विजय श्रेष्ठले जानकारी दिए । संघका तर्फबाट अध्यक्ष राजेन्द्र शर्मालाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले बोलेका थिए ।