paktauइलाम/इलाममा अपराधजन्य क्रियाकलापमा महिलाको संलग्नता बढ्दै गएको छ । सरकारी अधिकारीको दस्तखत कीर्तेदेखि सार्वजनिक अपराध, भूmटा विवरण पेश गर्ने, बहुविवाह, ज्यान मार्ने, मानव बेचविखनजस्ता आपराधिक कार्यमा महिलाको संलग्नता बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७०÷७१ मा विभिन्न आपराधिक क्रियाकलापमा १२ जना महिलाको संलग्नता देखिएकोमा आव ०७१÷७२ मा ३३ र ०७२÷७३ मा जम्मा २७ महिला आपराधिक क्रियाकलापमा संलग्न रहेको जिल्ला प्रहरी प्रमुख सुशीलकुमार यादव बताउँछन् । समय, परिस्थिति र व्यक्तिगत कारणले पनि महिलाहरु विभिन्न अपराधजन्य कार्यमा फँस्दै गएको उनको भनाइ छ । विशेष गरी साथीसङ्गत र लागूऔषध प्रयोगका कारण महिलाहरू आपराधिक गतिविधिमा संलग्न हुने गरेको देखिएको छ ।

आपराधिक गतिविधि रोक्न जिल्ला प्रहरी कार्यालयले विभिन्न महिला सङ्घ–संस्था र मन्त्रालयसँग समन्वयको कार्य गरी चेतना जगाउने कार्य भइरहेको यादवले बताए ।