[caption id="attachment_18876" align="aligncenter" width="960"]12 चोरी भएको पसल[/caption] पथरी/सटर फुटाएर पसल चोरी भएको दुई महिना बितिसक्दा पनि चोरबाट बरामद गरिएका आप्mना सामान प्रहरीले फिर्ता नगरेको पीडितले गुनासो गरेका छन् । पथरीशनिचरे–१ स्थित पथरी बजारका प्रकृति मोबाइल सेन्टर सञ्चालक विशाल राईले आप्mनो पसलबाट चोरीपछि प्रहरीले चोरबाट बरामद गरेका विभिन्न इलेक्ट्रोनिक सामान फिर्ता दिन प्रहरीले आनाकानी गरेको बताएका छन् । गत भदौ ३१ गते राति मोबाइल सेन्टरको सटर फुटाएर सामसुङ र अन्य कम्पनीका गरी मोबाइल ८ थान, मोबाइल चार्जर, विदेशी टर्च, मोबाइलको हाउजिङलगायत गरेर डेढ लाख रुपैयाँबराबरका सामान र नगद ३० हजार चोरले लगेको थियो । असोज १ गते बिहान सटर फुटेको देखेपछि शङ्का लागेका व्यक्तिविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी गरेपछि पथरीबजार फिलिम हल लाइनकै झमक मगर पक्राउ परेका थिए । प्रहरीले उनको घरमा छापा मार्दा ब्ल्याङ्केटले छोपेर राखेको अवस्थामा सबै सामान फेला पारेको थियो । प्रहरीले सामान दिने भन्दै पटकपटक बोलाए पनि कार्यालयमा जाँदा सामान नदिएको व्यापारी राई बताउँछन् । उनले भने, ‘हामीले साहुका सामान ल्याएका हुन्छौँ, त्यही बेचेर पैसा दिन्छौँ तर दशैँतिहारमा सामान बेच्न पाइएन, दुःख लागेको छ ।’जिल्ला अदालतले तोकेको १ लाख ४७ हजार धरौटी तिर्न नसक्दा मगरले अहिले जेल सजाय भोगिरहेको पथरीका इन्स्पेक्टर रमेश बस्नेतले बताए । इन्स्पेक्टर बस्नेतले भने पीडित राईले बकपत्रका लागि अदालत गएपछि मात्र सामान फिर्ता दिइने बताए ।