Elephant-180x180

भद्रपुर/झापामा जंगलीको हात्तीको आक्रमण परी एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।हात्तीको आक्रमणमा परी वाहुनडागी २ बस्ने ६० मनोहरी ढुङ्गेगलको ज्यान गएको । छ भने सोही स्थानका लम्बबहादुर प्रधान घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोमवार घरबाट विहानै बाहुण्डाँगी २ स्थित मेची नदीको आलेटुङ्ग नजिकै काम गर्न गएका बेला दुवै जना माथि हात्तीले आक्रमण गरेको थियो ।ढुङ्गेलको हात्तीसँग जम्काभेट भएपछि उनलाई हात्तीले पछारेर ज्यान लिएको थियो भने प्रधान घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।

यो घटनासगै अहिलेसम्म बाहुण्डाँगीमा भारतबाट आएका जंगली हात्तीको समूहले २० जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ । गत कातिक १२ गते वन तथा भु–संरक्षण मन्त्री शंखर भट्टराईले हात्ती नियन्त्रणका लागि २ करोड लागतमा निर्मित सोलार फेन्सीङ्गको उद्घाटन गरेका थिए । मन्त्री भट्टराई सोलार फेन्सीङ्गको उद्घाटन गरी स्थानीयलाई हस्तान्तरण गरेको ११ दिन वित्न नपाउदै हात्तीले फेरी बाहुण्डागीमा ज्यान लिएको छ ।