dead_file photoपथरी / नेपालबाट बैदेशीक रोजगारीको लागी साउदी अरब पुगेको एक नेपालीको ह्दय घातको कारण मृत्यु भएको छ ।

मोरङ बयरवन–८, स्थीत रमाइलो घर भएको ४१ बर्षीय डिल्लीप्रसाद कोइरालाको शनिबार नेपाली समय अनुसार दिउँसो ३ वजे मृत्यु भएको हो । साउदी अरबको आरआर भन्ने ठाउँको एक हस्पिटलमा उपचारको क्रममा कोइरालाको मृत्यु भएको कोइराला परिवारले जनाएको छ । मृतक कोइराला दोकानमा काम गरिरहेको ठाउँमा एक्कासी भूइमा ढले पछि उनि सँगै काम गर्ने गाईघाट घर भएको रोहित बञ्जराको सहयोगमा उपचारको लागी नजिकैको हस्पिटल लगिएको थियो । हस्पिटल लगेको केहि समयमै उनको प्राण त्याग गरेको सँगै काम गर्ने गाईघाटको बञ्जराले फोन मार्फत कोइराला परिवारलाई खबर गरेका थिए । साउदी अरबको आरआर भन्ने ठाउँमा घर मालीक सइसाबको गाडीको मोटर पार्टसमा काम गर्दै आएको थियो । रोजगारी गरेर १७ बर्ष समय साउदी अरबमा विताएका कोइराला ४ बर्ष अघि घर आएर पूर्न साउदी अरब र्फकेका थिए । घर आउदै जाने गरे पनि यस बर्ष घर आउने कुरा गर्दै गरेको दिदि पवित्रा चौलागाईले बताइन । घरमा एक छोरा र एक छोरी, श्रीमती बस्दै आएका छन् ।