तरहरा/सीसी क्यामेरा जडान भएर तरहरामा सुधार हुँदै गएको तरहरावासीले बताएका छन् । पछिल्ला केही महिनायता समूहगत रुपमा युवाहरु हिँड्ने र होहल्ला गर्नेहरुको सङ्ख्या कम भएको अगुवाहरुले बताए ।समूह बनाएर हिँड्ने क्रम सीसी क्यामेराका कारण घट्दै गएको क्यामेरा जडानका संयोजक तथा सुनचाँदी व्यवसायी सङ्घ तरहराका अध्यक्ष दीपक गजमेरले बताए ।
क्यामेराले बदमासहरुलाई सजग गराइरहेको उनको बुझाइ छ । ‘केही समय अघिसम्म समूह बनाएर हिँड्नेहरुलाई अहिले सजग गराएको छ ।’ गजमेरले भने । बढ्दो शहरीकरणसँगै हुने आपराधिक गतिविधि नियन्त्रणका लागि समेत सीसी क्यामेरा सहयोगी बन्ने र अनुसन्धान क्षेत्रमा पनि यसले सघाउ पु¥याउने उनको बुझाइ छ ।तरहराकै सामाजिक अगुवा यात्रा थुलुङले पनि बजारमा सीसी क्यामेरा जडान भएसँगै आपराधिक गतिविधि गर्नेहरुको समूह तर्सिएको बताए ।
उनले भने, ‘समाजमा नकरात्मक गतिविधि गर्ने मनसाय भएकाहरु पनि हच्किएका छन्, यो राम्रो पक्ष हो ।’ बढ्दो शहरीकरणसँगै जनसङ्ख्यासमेत ह्वात्त बढ्दै गएको कारण आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गर्न सहज होस् भनेर क्यामेरा जडान गरिएको हो ।