भद्रपुर/जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको कार्तिक १८ सम्म ४८ जना फरार अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी झापा कारागार चलान गरेको छ । अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्ने अभियान शुरु गरेसँगै उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार अदालतले ४८ जनामध्ये कैद सजाय तोकिएका १७ जनालाई झापा कारागार चलान गरेको र ३१ जनालाई जरिवाना तिराएको उल्लेख गरेको छ ।

pakrau

जसबाट ३७ लाख ३५ हजार ४९ रुपैयाँ जरिवाना असुलउपर भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले बताए । अदालतले पठाएको तथ्याङ्कमा २०७२ चैत मसान्तसम्म अदालतबाट कैद तथा जरिवाना तोकिएका २ हजार ३० जना अभियुक्त फरार रहेकोमध्ये अहिले अभैm बढेको हुनसक्ने शर्माले बताए । सोही तथ्याङ्कको आधारमा प्रहरीले अभियानलाई तिब्रता दिएको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७२÷०७३ मा प्रहरीले ५५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले १४ वर्षदेखि डाका घटनामा फरार रहेका भुटानी शरणार्थी पञ्चे सुब्बालाई पक्राउ गरेको छ । सुब्बालाई अदालतले ६ वर्ष कैद र १९ हजार पाँच सय जरिवान तोकेको थियो ।यसैगरी डाका घटनाकै अर्का अभियुक्त धाइजन–३ का बालकुमार खत्री भन्ने बालकृष्णलाई पक्राउ गरेको छ ।

अदालतले खत्रीलाई ६ वर्ष कैद र ३१ लाख १७ हजार ७ सय ६८ रुपैयाँ जरिवाना तोकेको थियो । नागरिकता कीर्ते गर्ने महाभारा–८ का भोगनारायण राजवंशीलाई ८ वर्ष कैद, जबर्जस्ती करणी गर्ने शनिश्चरे–६ बस्ने मानबहादुर मगरलाई १२ वर्ष ५ महिना २ दिन कैद, सोही मुद्दाका सताक्षीधाम–१ बस्ने भीमकुमार महतोलाई ८ वर्ष कैद, कर्तव्य ज्यानमा २० वर्ष कैद तोकेका साविक सतासीधाम–३ का भोटे भन्ने जीतबहादुर लावती, हाडनातामा १८ वर्ष कैद पैmसला भएका कुमोरखोद–६ का शमसेरबहादुर विष्ट, कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ४ महिना ६ दिन सजाय तोकिएका सतासीधाम–३ का ज्ञानु भन्ने विकास मेयाङ्बो लगायत छन् । फरार अभियुक्तलाई जबर्जस्ती करणी, जालसाजी, करकाप, डाका, अंशवण्डा, सवारी ज्यान, सवारी, अङ्गभङ्ग, नागरिकता, कीर्ते, चन्दा, कुटपिट, बहुविवाह, वन, सार्वजानिक र लुटपाट जस्ता मुद्दा अदालतले पैmसला गरेको छ । पक्राउ परेका अभियुक्तलाई न्यूनतम ५० देखि अधिकतम ३१ लाख रुपैयाँसम्म जरिवाना रकम अदालतले तोकिदिएको प्रहरीले जनाएको छ ।