इनरुवा/युथ अफ इनरुवाले देउसी खेलेर सङ्कलन गरेको रकम सामाजिक कार्यमा खर्चने भएको छ ।देउसी कार्यक्रम मार्पmत सङ्कलन भएको ४० हजार रकम विविध सामाजिक कार्यका लागि खर्चिने युथ अफ इनरुवाका अध्यक्ष सहयोगी मिथलेसले बताए ।
युथले इनरुवामा पहिलोपटक देउसीभैलो कार्यक्रम गरेको हो । जातीय पहिरनमा सजिएका युवायुवती सहितको टोलीले देउसी खेलेको थियो ।युथ अफ इनरुवाका सल्लाहकार सरोज बराल नेतृत्वमा रहेको टोलीले जातीय पहिचान झल्कने नाचगानसहित देउसी खेलेको थियो । सँस्कृतिको जर्गेनाको उद्देश्यसाथ जातीय पहिरनमा सजिएर युथले खेलेको देउसी इनरुवाकै लागि नमूना बनेको स्थानीयहरुको भनाइ छ ।