धरान । ओभरटेक गर्ने क्रममा धरानको तिनकुने भन्दा अढाई सय मिटर मुन्तिर यात्रुबाहक बस र स्कारपियो जिप जुध्दा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
बिहीबार अपरान्ह करिव सवा १२ बजेतिर विराटनगरबाट आउँदै गरेको मे १ ख ९७४ नम्बरको खुसी नामक यात्रुबाहक बस र महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजनको को १ च ८७७३ नम्बरको स्कारपियो जिप एकआपसमा जुधेको हो । स्कारपियो जिपका चालक बराहक्षेत्र ६ का बाबुराम तामाङको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको छ ।
घाइतेको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको बीपी प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । बस र जिपको ठक्करका कारण नम्बर उल्लेख नभएको अनटेष्ट टेम्पोमा समेत क्षति पुगेको छ । टेम्पो चालक मोरङ, बेलबारी(५ का ४३ वर्षीय तोया दाहाल घाइते बनेका छन् ।
घाइते हुनेमा झापा सुरुगा-५ का जीवन राई, धरान-११ बीचघोपाका सानु सुनुवार र उनको छोरा सन्देश सुनुवार, मोरग विराटनगर–४ का दुर्गा अर्याल, मोरङ विराटनगर(५ का मनिा शर्मा गजुरेल, झापा धाइजन-२ का अनिता भट्टराई छन् । त्यस्तै धरान ३ का अस्मिना खातुन, सोही ठाउँकै अमिर अली, मोरङ नोचा-६ का सलिम मिया, सोही ठाउँकी साइन खातुन, सम्सा खातुन, बेलाल मिया, मञ्जिला खातुन, सादत हुसैन, जमिल खातुन रहेका छन् ।
अन्य घाइतेमा मोरङ टंकिसिनवारी-२ का रामकुमार राय क्षेत्री, सोही ठाउकी फूलकुमारदेवी क्षेत्री, संखुवासभा खादबारी नपा-११ का अविनास रोक्का, इटहरी-१ सुनसरीका हरिबहादुर विष्ट साथै ठेगाना नखुलेको यञ्जला रानामगर र मनिता शर्मा छन् । उनीहरुको अवस्था सामान्य छ । बसका यात्री हरिबहादुर विष्टका अनुसार बसले भेनलाई ओभरटेक गर्ने हुँदा अत्यधिक गतिमा हुइकिरहेको जीपसँग जुधेको थियो । चालककै क्याविनमा बसेका विष्टले बसले ओभरटेक नगरेको भए दुर्घटना नहुने बताए ।
‘भेनलाई टप्न खोज्दा जीप झ्याम्मै ठोक्कियो ।’ उनले भने, ‘जिप पनि अत्यधिक स्पीडमा आइरहेको थियो । गाडी पनि स्पीड मै थियो ।’ उनले टेम्पो चाही कताबाट आइरहेको थियो त्यो आफूलेसमेत ख्याल नगरेको बताए । बस अन्कन्ट्रोल भए पछि बस चालक भने फरार भएको यात्रुहरुले बताए ।
तस्विरहरू -देबेन्द्र कार्की /ब्लाष्ट खबर