विजयपुर/झुम्का इनरुवा सडक खण्डमा (आज)बुधबार भएकोे सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बिसनपुर –८का अशोक यादब र निशाकुमारी यादब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाण्डाबाट बिराटनगर जादै गरेका बा ४ ख ५०७६ नम्मरको माइक्रो र इनरुवा तर्फ जादै गरेको को १ प ८३६३ नम्मरको मोटरसाइकल आपसमा जुधेका थिए । दुर्घटनामा परि माइक्रो चालक सुरेश खड्का सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले घटनाको बारेमा थप अनुसन्धान भइरहेका जानकारी दिए ।